तपाईँ सुन्दै हुनुहुन्छः

बिपी प्रतिष्ठान : अस्पताल निर्देशक, शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त

सुनसरी । बीपी प्रतिष्ठानमा अस्पताल निर्देशक, शिक्षाध्यक्ष र रजिस्ट्रार पदमा नयाँ पदाधिकारी नियुक्त गरिएको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा. डा. स्मृति कार्कीको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पताल निर्देशकमा डा. इन्द्रकुमार लिम्बू, शिक्षाध्यक्षमा प्रा.डा. शिवेन्द्र झा र रजिस्ट्रारमा धरणीधर बराललाई नियुक्त गरेको हो । 

प्रतिस्पर्धाको आधारमा नयाँ पदाधिकारी नियुक्त गर्ने नीति अनुसार प्रतिष्ठानका सबै पदाधिकारी हटाइएका थिए । खाली भएको पदाधिकारीको पदमा नियुक्तिका लागि पहिलो पटक प्रतिष्ठानभित्र र बाहिरका शिक्षाध्यक्षमा ४ जना, रजिस्ट्रारमा १८ जना र अस्पताल निर्देशकमा १४ गरी जम्मा ३६ जनाको आवेदन परेको थियो ।

लिम्बू यसअघि डेपुटी अस्पताल निर्देशक तथा निमित्त अस्पताल निर्देशक हुनुहुन्थ्यो । 

शिक्षाध्यक्षमा नियुक्त झा प्रतिष्ठानको फरेन्सिक मेडिसिन विभागका विभागीय प्रमुख हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button