तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र कतारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी राज्यमन्त्री डा मरियम बिन्त अली बिन नासेर अल-मिसनदबीच आज टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्री खनाललाई राज्यमन्त्री डा अल-मिसनदले नेपालमा बाढीका कारण भएको ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । 

वार्ताका क्रममा राज्यमन्त्री अल-मिसनदले विपद्बाट ठूलो सङ्ख्यामा भएको जनधनको क्षति तथा भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको हो । 

वार्तामा परराष्ट्रमन्त्री खनालले विपद्को कठिन समयमा राज्यमन्त्री अल-मिसनदले व्यक्त गर्नुभएको समवेदना, सहानुभूति र ऐक्यबद्धताप्रति गहिरो आभार व्यक्त गर्नुभयो । उहाँले कतार सरकारले नेपाललाई उपलब्ध गराएको सहयोग तथा समर्थनप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

रसुवा, नुवाकोटलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट गत बुधबार ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला उक्त टेलिफोन वार्ता भएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button