प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग सङ्कलन जारी
काठमाडौँ । भोटेकोशीको बाढीपछि प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गर्ने बढिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री राहत कोषमा आज मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खाताहरूमा रु पाँच अर्ब ८७ करोड ९२ लाख २३ हजार जम्मा भएको छ । यस्तै, हिमालयन र लक्ष्मी बैङ्कमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको छ । रासस







प्रतिक्रिया राख्नुहोस्