तपाईँ सुन्दै हुनुहुन्छः

गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बिमाबापत गर्नुपर्ने भुक्तानी सम्पन्न गरेको जनाएको छ ।

बोर्डका अनुसार २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई स्वास्थ्य बिमाबापत कूल रु दुई अर्ब छ करोड ४३ लाख ३४ हजार भुक्तानी गरिएको छ । बोर्डले स्वास्थ्य संस्थाहरूलाई बिहीबार नै स्वास्थ्य भुक्तानीबारे परिपत्र गरेको हो । 

यससँगै २०८२ सालसम्म स्वास्थ्य बिमाबापत सेवा प्रदायक स्वास्थ्य संस्थालाई गर्नुपर्ने भुक्तानी सकिएको बोर्डले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button