रसुवा बाढी पहिरो पीडितका लागि गोर्खा लाहारीको ६३ लाख ६५ हजार सहयोग
मकवानपुर । देश विपद्को चपेटामा परिरहेका बेला गोर्खा लाहारी प्रालि हेटौँडा, मकवानपुरले रसुवा बाढी पहिरो प्रभावितका लागि ६३ लाख ६५ हजार रुपैयाँ सहयोग गरेको छ।

गोर्खा लाहारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आज हस्तान्तरण गरेको हो।
संस्थाका प्रशासन प्रमुख प्रभाकर भण्डारीका अनुसार गोर्खा लहरी परिवारले विपद्को समयमा मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै सहयोग गरेको हो।
आगामी दिनमा पनि आवश्यकताअनुसार सामाजिक तथा मानवीय कार्यमा सहयोग जारी राख्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्