महाकाली राजमार्ग अवरुद्ध
बैतडी । दार्चुलाको पनेबाजमा पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

दिउँसो करिब साँढे १२ बजे खसेको पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध बनेको हो । राजमार्ग अवरुद्ध हुँदा दार्चुलाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारीसाधन ठप्प बनेका छन् ।
पहिरो निरन्तर झरिरहँदा पन्छाउने काम समयमै सुरु गर्न नसकिएको सडक डिभिजन कार्यालय बैतडीले जनाएको छ ।
पहिरो पन्छाउनको लागि डिभिजन कार्यालयको स्काभेटर पहिरो गएको स्थानमा तयारी अवस्थामा रहेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी कपिल प्रसाद पन्तले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्