भिरबाट लडेर बैतडीमा एक जनाको मृत्यु
बैतडी । बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिलाको सिगास गाउँपालिका वडा न –२ धौलाडीका ५७ वर्षीय कालु सिंह धामीको आज सोमबार दिउँसो करिब १ बजेको समयमा बाख्रा चराउने क्रममा घर नजिकैको जङ्गलको भिरबाट लडेर मृत्यु भएको हो ।
भिरबाट लडेर धामीको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ठगेन्द्र ऐरले जानकारी दिनुभयो । धामी भिरबाट करिब ४०० मिटर तल खोलामा खसेका थिए ।








प्रतिक्रिया राख्नुहोस्