तपाईँ सुन्दै हुनुहुन्छः

जलेश्वर कारागारका कैदी बन्दीद्वारा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा

जनकपुरधाम । रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढी पीडितहरुको राहत तथा उद्धारमा सहयोगका लागि महोत्तरीको जलेश्वर कारागारका बन्दीहरूले सङ्कलन गरेको रकम प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा जम्मा गरिएको छ । 

जलेश्वर कारागारमा भएका ४ सय ५५ जना कैदी बन्दीहरूले रसुवाको भोटेकोशीमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कोषका लागि जम्मा गरेका १ लाख १ हजार १ सय ५ रुपैयाँ रकम जम्मा गरेका हुन् ।

विभिन्न अभियोगमा कारागारमा रहनुभएका पुरुष तथा महिला कैदी बन्दीहरूले उक्त रकम जम्मा गरेर प्रधानमन्त्री कोषमा जम्मा गर्न कारागार प्रशासनलाई उपलब्ध गराएपछि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको कारागार प्रशासनले जनाएको छ । 

कैदी बन्दीहरूले आफैँ आफैँमा सङ्कलन गरेर उक्त रकम जम्मा गरेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button