तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम। कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु ४१ लाख ११ हजार १११ आर्थिक सहयोग उपलब्ध गराएको छ । 

उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टले बाढीपीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको जानकारी दिनुभयो । 

उपमहानगरपालिकाले विपद्को यस कठिन घडीमा बाढीपीडितका लागि राहत तथा पुनःस्थापनाका काममा ऐक्यबद्धता जनाउँदै सबैलाई सहयोग अपिलसमेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button