भोटेकोशी बाढीः त्रिशूली ‘थ्रि–ए’ आयोजना सुरुङमा अक्सिजन पठाइयो
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली ‘थ्रि–ए’ आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धार गर्न खटिएको टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको छ ।
सो टोलीले सुरुङमा सानो प्वाल पारी अक्सिजन पठाउन सुरु गरिएको गृहमन्त्री सुधन गुरुङले फेसबुकबाट जानकारी दिनुभएको छ ।
उहाँका अनुसार अब सुरुङभित्र प्रवेश गर्ने मार्ग फराकिलो बनाएपछि उद्धार टोली पनि भित्र पठाइनेछ । उक्त आयोजनाको सुरुङभित्र ठूलो सङ्ख्यामा इन्जिनियर र मजदुर फसेको अनुमान गरिएको छ ।
अप्ठयारो भू–बनोटमा रहेको उक्त सुरुङमा फसेका व्यक्तिको उद्धार गर्न सरकारको आग्रहमा भारत र चीनबाट दक्ष उद्धारक आज नेपाल आएका थिए ।
अपराह्नबाट उनीहरूको सहयोगमा नेपाली सुरक्षा फौजले त्यस क्षेत्रमा खोज तथा उद्धारलाई तीव्र बनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्