तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशी बाढी : ६६९ जनाको शव फेला, २७ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी हालसम्म ६ सय ६४ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीले आज साँझ ४ः०० बजे सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा ४ हजार ८ सय ५४ प्रहरी परिचालन गरिएको छ। बाढीपछि २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्।

प्रहरीका अनुसार २ हजार ३ सय १ जना घाइते तथा उद्धार गरिएको छ। काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या १ सय ४० रहेको छ।

फेला परेका शवमध्ये चितवनमा २४८, नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ७५, नुवाकोटमा ४१, गोरखामा ५४, धादिङमा ४९, तनहुँमा ३१ र रसुवामा १३ रहेका छन्।

प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button