मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–१ तामाखानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आज बिहान करिब ११:३० बजे लुम्बिनी प्रदेश ०१–००५ प ४०४१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खस्दा चालक पूर्वखोला गाउँपालिका–१ सामुङ्गा निवासी अन्दाजी २८ वर्षीय दिमस सारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्