तपाईँ सुन्दै हुनुहुन्छः

काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित

काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)पुरुष  भलिबल च्याम्पियनसिप २०२६ मा नेपाल घरेलु टोली पाकिस्तानसँग पराजित भएको छ ।

पाकिस्तानको इस्लामावादमा आज भएको खेलमा नेपाल पाकिस्तानसँग ३–० सोझो सेटमा पराजित भएको हो । 

प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । नेपाल पहिलो खेलमा कजाकिस्तान र दोस्रो खेलमा श्रीलङ्कासँग पराजित भएको थियो ।

पाकिस्तानले पहिलो सेट २५–१४ अङ्कले तथा दोस्रो सेट २५–१८ अङ्कले जित्यो । खेलको तेस्रो सेट पनि पाकिस्तानले २५–१० अङ्कले जित्यो । 

नेपालले अब यही साउन १० गते बङ्गलादेशसँग खेल्ने छ । उक्त प्रतियोगितामा नेपालसहित छ देश सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button