अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ सर्वसम्मतिले स्वीकृत भएको छ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ माथि विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव स्वीकृत भएको हो ।
बैठकमा अर्थमन्त्री डा. वाग्लेले विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै कुनै हतार तथा अध्ययनविना विधेयक नल्याइएको भन्नुहुँदै अघिल्लो सरकारले नै अध्ययन गरी तयार गरेको प्रतिवेदनको मूल सुझावका आधारलाई ग्रहण गरी मुर्त रूप दिन विधेयक ल्याइएको बताउनुभयो ।
अर्थमन्त्री डा. वाग्लेले मुलुकका केही आर्थिक क्षेत्रहरू न्युन नियमनमा रहेका र केही आर्थिक क्षेत्र भने बढी नियमन हुँदा दोहोरोपना र अन्योल सृजना भएकोले न्युन र बढी नियमनका आर्थिक क्षेत्रवीच सिर्जनात्मक सन्तुलन कायम गर्न कानुन खारेजी र संशोधनको आवश्यकता भएको बताउनुभयो ।
यसैबीच, प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन १४ गते हुने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्