झापामा ६२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ

भद्रपुर, झापा । असार महिना सकिन लाग्दा झापामा ६२ प्रतिशत रोपाइँ भएको छ ।
मङ्गलवारसम्ममा जिल्लामा ६२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । गत वर्षको जस्तै यस वर्ष पनि त्यही गतिमा रोपाइँ भइरहेको उहाँले बताउनुभयो ।
झापामा ७५ हजार ४५९ हेक्टर जग्गामा खेती हुने गरेको छ । यो कुल भू–भागको ७६ प्रतिशत हो ।
मौसमले साथ दिए पनि रोपाइँका बेलामा किसानहरुले कामदार र मल पाउन नसकिरहेकोले जुन गतिमा रोपाइँ हुनुपर्ने हो, त्यो गतिमा रोपाइँ हुन नसकेको प्रमुख विष्टले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्