रौतहटमा एक युवकद्वारा आत्मदाहको प्रयास,थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल रेफर
रौतहट। रौतहटको गरुडा नगरपालिका–९ गमरियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दा गम्भीर घाइते भएका छन् ।
मङ्गलवार राति करिब १ बजे स्थानीय देबेन्द्र सहनीका २८ वर्षीय छोरा गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनापछि उहाँलाई तत्काल बेटर नेपाल अस्पताल, गरुडामा पुर्याई उपचार गरिएको थियो। चिकित्सकका अनुसार उहाँको घाँटीदेखि तलसम्म शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको छ। हाल उहाँको अवस्था मध्यम रहेको जनाइएको छ।
अस्पतालबाट बिहान ४ बजे प्रहरीलाई सूचना प्राप्त भएपछि प्रहरी चौकी बिर्ताबाट प्रहरी सहायक निरीक्षक मनोज दासको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो ।
प्राथमिक उपचारपछि बुधवार बिहान ४ः१५ बजे उहाँलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल, काठमाडौँ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) बसन्त गौतमले जानकारी दिनुभयो ।
आत्मदाहको प्रयास गर्नुको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्