तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्र बैङ्कद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ। नेपाल राष्ट्र बैंकले  रु २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ । 

 बैङ्कद्वारा आज यहाँ जारी सार्वजनिक सूचनामा ऋणपत्र २०८४ ‘ङ’  अनलाइनमार्फत बोलकबोल गर्न सकिने उल्लेख  छ । ऋणपत्रको बोलकबोलमा राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने उल्लेख  छ । 

काउण्टरपार्टीले ऋणपत्रको बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर ९दशमलवपछिको हकमा चार अङ्कसम्म० उल्लेख गर्नुपर्ने बताइएको छ ।  राष्ट्र बैंकले न्यूनतम रु पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाइएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button