तपाईँ सुन्दै हुनुहुन्छः

सरकाले भ्रष्टाचार रोक्नका लागि शून्य सहनशीलताको नीति लिएको छ: गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकाले भ्रष्टाचार रोक्नका लागि शून्य सहनशीलताको नीति लिएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा विनियोजित शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्रै सीमित नराखी यसलाई दिगो शान्ती, विकास, सुशासन र समृद्धिको आधारको रुपमा अगाडी बढाउने सङ्कल्प गरेर अघि बढेको बताउनुभयो ।

गृहमन्त्री गुरुङले सुशासनका लागि प्रहरीका केन्द्रीय र प्रदेशका प्रमुखलाई मातहतका कर्मचारीको निगरानी गर्न र कार्यसम्पादन मूल्याङ्कनका आधारमा पुरस्कार वा दण्ड दिने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको बताउनुभयो ।

गृहमन्त्री गुरुङले नागरिकले एउटै परिचयपत्रबाट एकीकृत रुपमा सेवा प्राप्त गर्ने विश्वासका साथ राष्ट्रिय परिचयपत्रलाई सबै प्रकारका सार्वजनिक सेवासँग पूर्ण रुपमा आवद्ध गरिने बताउनुभयो । 

गृहमन्त्री गुरुङले समाजमा रहेका लैङ्गिक हिंसा र विभिन्न कुप्रथाका कारणले पिडित परिवारलाई न्याय दिन विशेषगरी महिला केन्द्रित संयन्त्रहरू बनाइएको र बजेटमार्फत जोड दिएको पनि बताउनुभयो ।

मन्त्री गुरुङले अगामी वर्ष केवल एआई प्रविधिको क्यामेरा सहितको सिमानामा सिसिटिभी खरिद गर्ने मात्रै नभई राजस्व चुहावट नियन्त्रण गर्नेगरी काम गरिरहेको बताउनुभयो । 

उहाँले नागरिकका गुनासो २४ सै घण्टा सुनुवाई गर्न गृह मन्त्रालयमा हेलो गृह कल सेन्टर व्यवस्था गरिसकेको र नागरिकका गुनासो सरकारले सधैँ सुन्ने गरी काम अगाडी बढाएको बताउनुभयो ।

मन्त्री गुरुङले नेपाल प्रहरीले केस ट्रयाकिस सिस्टम बनाई सकेको र यसको प्रगति नागरिकसम्म एसएमएस जाने गरी जबाफदेही सरकारको अवधारणा कार्यान्वयनमा ल्याएको बताउनुभयो । 

उहाँले सरकारले साइबर अपराधका विभिन्न प्रकृति र अन्तर्राष्ट्रिय स्तरमा भएका बोर्डर लिष्ट क्राइमका नयाँ चुनौतीलाई सम्बोधन गर्न र नेपाल प्रहरीको प्रविधिमैत्री अनुसन्धान क्षमता विस्तार गर्न ५० करोड ४९ लाखको लगानीको कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । 

मन्त्री गुरुङले विपद् व्यवस्थापनका लागि राज्यका क्षमता विकासका लागि तत्कालीन र दीर्घकालीन रुपमा काम गर्न प्राथमिकता अनुसार तयार गरेका बताउनुभयो ।

उहाँले मनसुनको पूर्वतयारी कार्य चुस्त बनाउन राज्यका सबै निकायलाई निर्देशन दिइएको, विपद् जोखिमको अवस्था हेरी व्यवस्थापनको आवश्यक प्रबन्ध मिलाएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button