तपाईँ सुन्दै हुनुहुन्छः

रुग्ण उद्योग सञ्चालन र पेट्रोलियम भण्डारण क्षमता विस्तार सरकारको प्राथमिकता: मन्त्री गौरी कुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पेट्रोलियम पदार्थको भण्डारण क्षमता कुल मागको तीन महिनालाई पर्याप्त हुने गरी विस्तार गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभएको छ।

विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका जिज्ञासाका विषयमा जवाफ दिनुहुँदै मन्त्री गौरी कुमारीले बन्द तथा रुग्ढ अवस्थामा रहेका उद्योग सञ्चालन गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सघन रुपमा गृहकार्य शुरु गरेको जानकारी गराउनुभयो ।   

उहाँले नवीन सोच र प्रविधिमा आधारित उद्यम प्रवद्र्धन गर्न स्टार्टअप उद्यम कर्जा कार्यक्रमलाई व्यवसाय सम्वद्र्धन सेवा र उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । 

मन्त्री गौरी कुमारीले स्वदेशी लगानी प्रवद्र्धन र विदेशी लगानी आकर्षणका लागि विभिन्न कार्यक्रम प्रस्ताव गरिएको र प्रक्रिया सरलीकरण गरी काम शुरु गरिएको बताउनुभयो ।

मन्त्री गौरी कुमारीले साना तथा मझौला उद्योगका लागि स्पेसल विद्युत् महशुल निर्धारण गर्न मन्त्रालयले सम्बन्धित निकायमा पहल गरिरहेको बताउनुभयो । 

मन्त्री गौरी कुमारीले रुग्ढ उद्योग सञ्चालनका क्रममा सबैभन्दा पहिले हेटौडा कपडा उद्योग सञ्चलनमा आउने र त्यसका लागि बुटवल धागो र कपास खेती तीनवटै एकै पटक अगाडी बढ्ने गरी प्राथमिकता राखेर यस वर्षबाट सञ्चालनमा ल्याउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button