तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

धनगढी  । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित गरिएको छ । 

आज बेलुकी ५ बस्ने कार्यतालिका रहेको प्रदेशसभा बैठक राती ९ बजे बस्ने गरी स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

विशेष कारणवस प्रदेशसभा बैठक स्थगित गरिएको भनिए पनि सत्ता गठबन्धनका दलका बिच बजेटमा सहमति जुट्न नसक्दा बैठक सारिएको बताइएको छ । 

आज प्रदेशसभा बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button