तपाईँ सुन्दै हुनुहुन्छः

विनियोजन विधेयक विधेयक माथिको छलफलमा मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित 

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल जारी रहेको समयमा विषयगत मन्त्रीहरू अनुपस्थित भएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बैठकमा नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले विभिन्न नौ वटा मन्त्रालयको  विभिन्न शीर्षकहरूमाथि छलफल भइँदा सम्बन्धित मन्त्रीहरू उपस्थित हुनुपर्ने माग गर्नुभयो ।

सांसद राईले विधि संवत् रुपमा बैठक चलाउन विनियोजन विधेयकसम्बन्धी छलफलमा सम्बन्धित सबै मन्त्री उपस्थित भएपछि मात्रै बैठक अगाडी बढ्नसक्ने भन्दै रोष्ट्रममा उभिएर बसेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभयो ।

बैठकमा सभामुख अर्यालले छलफलमा मन्त्रीहरू उपस्थित हुने भन्दै  विषय राख्न र छलफल अगाडी बढाउन आग्रह गरेपनि सांसद राईले मन्त्रीहरू उपस्थित भएपछि मात्रै छलफल अगाडी बढाउने अडान कायम राख्नुभएको थियो ।

विनियोजन विधेयक, २०८३ अन्तर्गत आज युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button