गुरुङ र पुनको मन्त्री पदको शपथ आजै साढे चार बजे
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रास्वपाका सांसद एवं पूर्व गृहमन्त्री सुधन गुरुङ र स्वतन्त्र सांसद महावीर पुनलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गर्नुभएको छ ।
हाल प्रधानमन्त्री शाह आफैले सम्हालिरहनुभएको गृह मन्त्रालयमा गुरुङलाई र विज्ञान, प्रविधि तथा नव प्रवर्तन मन्त्रालयमा पुनलाई नियुक्त गर्नुभएको हो ।
पुन सुशीला कार्की नेतृत्वमा शिक्षा मन्त्री हुनुहुन्थ्यो ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री द्वयलाई आजै साझ ४.३० वजे शीतल निवासमा शपथ गराउनु हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्