खर्च व्यवस्थापन र अन्तर-निकाय समन्वयमा मन्त्री तिमिल्सिनाको जोड
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डाक्टर विक्रम तिमिल्सिनाले खर्च व्यवस्थापन र अन्तर निकाय समन्वयलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आज बसेको बैठकमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले आगामी आर्थिक वर्षमा बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै निर्धारित उद्देश्य पूरा गर्नुपर्ने बताउनुभयो ।
मन्त्री डा. तिमिल्सिनाले आर्थिक वर्ष २०८२/८३ मा पुँजीगत र चालु खर्चको अनुपात ४१ दशमलव शून्य ५ प्रतिशत रहेको उल्लेख गर्नुहुँदै खर्च प्रणालीमा सुधार आवश्यक रहेकोमा जोड दिनुभयो ।
सञ्चारमन्त्री तिमिल्सिनाले मन्त्रालय अन्तर्गत घोषणा गरिएका कार्यक्रमको कार्यान्वयनमा सम्बन्धित निकायबीच स्पष्ट जिम्मेवारी र समन्वय आवश्यक रहेको र सरकारअन्तर्गतका निकायले आफ्नो कार्यक्षेत्रभित्रका काम स्पष्ट रूपमा सम्पन्न गर्न सके सरकारको कार्यसम्पादन प्रभावकारी बन्ने उल्लेख गर्नुभयो ।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य तथा सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरूका प्रमुखहरुले आ–आफ्ना कार्यालयका योजना तथा कार्यक्रम कार्यान्वयनका बारेमा जानकारी गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्