वीरगन्जमा जिल्ला स्तरीय दोस्रो ‘पुस अप’ प्रतियोगिता सम्पन्न
वीरगञ्ज । पब्लिक फिटनेस सेन्टरको आयोजनामा आज वीरगन्जमा जिल्ला स्तरीय दोस्रो ‘पुस अप’ प्रतियोगिता सम्पन्न भएको छ ।

वीरगञ्जको लिङ्क रोडमा आयोजित प्रतियोगितामा सुमित पटेल प्रथम, धिरज साह द्वितीय र बर्मा यादव तृतीय भएका छन् । विजेताहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले संघ र प्रदेश सरकार नपुगेका ठाउँमा स्थानीय सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल, वेश आलम, सुजित यादव, अफताव आलम, खालिद हुसैन तथा अभिभावक मणिन्द्रलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितासँगै वार्षिक उत्सवको अवसरमा विभिन्न क्षेत्रका ६ जनालाई सम्मान समेत गरिएको थियो । सो अवसरमा विशाल यादव, सुमित पटेल, सन्ध्या चौधरी, कृष्ण साह, मणिन्द्रलाल श्रेष्ठ र देवेन्द्र यादवलाई सम्मान गरिएको पब्लिक फिटनेस सेन्टर वीरगञ्जका सञ्चालक तथा प्रशिक्षक करण यादवले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्