रोल्पामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौँ । रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँ व्याङखोलास्थित सहिद मार्गमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जीप चालक दाङ घोराही उपमहानगरपालिका–७ देसाही निवासी अन्दाजी २५ वर्षीय वीरबहादुर चौधरी, दंगीशरण गाउँपालिका–७ श्रीगाउँ घर भई हाल घोराही उपमहानगरपालिका–१४ बस्ने अन्दाजी ४० वर्षीय जिउधन चौधरी र उनकी श्रीमती अन्दाजी ३८ वर्षीया कमला चौधरी रहेको इलाका प्रहरी कार्यालय घर्तीगाउँ रोल्पाले जनाएको छ ।

जस्तापाता, सिमेन्ट र प्लास्टिकका पाइपलगायत निर्माण सामग्री लोड गरिएको बोलेरो पिकअप जीप सडकबाट करिब पाँच सय– छ सय मिटर तल खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्