गायिका तेजवती जोशीको स्वरमा ‘नेपालकी छोरी’ सार्वजनिक
काठमाडौँ । करिब दुई दशकदेखि शास्त्रीय सङ्गीतमा साधनारत गायिका तेजवती जोशीको स्वर रहेको नेपालकी छोरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
कुमार मिश्रको शब्द, टेकेन्द्र नेपालीकोको सङ्गीत रहेको गीतमा सुन्दरी मोडल गीता ढुङ्गानाको अभिनय देख्न सकिन्छ । देशप्रेम, ठूलालाई आर्शिवाद र सानालाई माया गर्ने भावलाई समेटिएको गीतमा गीतकार भिडियोमा सकारात्मक सोच भर्ने काम गरिएको छ ।
गीतका माध्यमबाट गीतकार र गायिकाले स्वाभिमान र शिर नझुक्ने नेपालकी छोरीको नेपाली पारालाई जोड दिनुभएको छ । योगेन्द्र राजकर्णीकारको निर्माण, रिदम कँडेलको एरेन्ज, साजन शाहको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको निर्देशन जिबी आग्रीले गर्नुभएको हो । थम्मन टाडीको कोरियोग्राफी रहेको भिडियोको छायाङ्कन उत्सव दाहालले गर्नुभएको हो भने सम्पादन सिलन लम्सालले गर्नुभएको हो । भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो । गायिका तेजवती र सङ्गीतकार टेकेन्द्रले यसअघि चुम्बक, हजार जुनीसहित ४ वटा गीतमा सहकार्य गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्