इलाका प्रशासन कार्यालय टीकापुरद्वारा हुलाक मार्फत राहदानी वितरण शुरु
कैलाली । इलाका प्रशासन कार्यालय टीकापुरले हुलाक मार्फत राहदानी वितरण शुरु गरेको छ । इलाका हुलाक कार्यालय टीकापुरसँगको समन्वय र सहकार्यमा बुधबार (आज)देखि राहदानी हुलाक मार्फत वितरण शुरु गरिएको हो ।

पहिलो दिन ७ जनाको राहदानी इलाका हुलाक कार्यालय टीकापुरलाई वितरणका लागि हस्तान्तरण गरी हुलाक मार्फत राहदानी वितरणको काम शुरु गरिएको इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनेरुले जानकारी दिनुभयो । कार्यालय प्रमुख पनेरुका अनुसार नेपाल सरकारको २०८२ साल चैत्र १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धि कार्यसूचीको बुँदा नं. २७ कार्यान्वयन गर्ने क्रममा राहदानी हुलाक मार्फत वितरण शुरु गरिएको हो ।
इलाका हुलाक कार्यालय टीकापुरका प्रमुख यमनारायण उपाध्यायले नेपाल सरकारको निर्णय अनुसार हुलाक कार्यालयलाई थप जिम्मेवारी प्राप्त भएको र त्यो जिम्मेवारी इलाका प्रशासन कार्यालयसँगको समन्वय र सहकार्यमा पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
इलाका प्रशासन कार्यालय टीकापुरमा राहदानीको फर्म भर्ने क्रममा राहदानी घरमै पु¥याउने की अफिसमै लिन आउने भनि खुलाउनुपर्ने र त्यही अनुसार इलाका प्रशासन कार्यालयले व्यवस्थापन गर्नेछ । राहदानी घरमै पुगाउँदा हुलाकलाई तिर्नुपर्ने पैसा पनि इलाका प्रशासन कार्यालयले तिर्नेछ भने राहदानी बाहकले निःशुल्क घरमै राहदानी पाउनेछन् ।








प्रतिक्रिया राख्नुहोस्