तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : सभापति थापा

रुपन्देही । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भनेर संसदबाट बोलेको विषयमा सबैलाई प्रष्ट पार्नुपर्ने बताउनुभएको छ । 

कांग्रेसको जरा अभियानको लुम्बिनी प्रदेश स्तरीय कार्यक्रमलाई सोमबार रुपन्देहीमा सम्बोधन गदै सभापति थापाले कहाँ कहाँ सीमा मिचिएको भन्नेबारे सबैलाई जानकारी दिनुपर्ने उहाँको भनाई थियो । संविधान, कानुन र राष्ट्रभन्दा माथि कोही नभएको सभापति थापाको धारणा छ । थापाले सत्ता पक्षले आइतबार पेलेर नियमावली बनाउनु राम्रो नभएको र संसद् सञ्चालन गर्न बनाएको कानून गलत भएको बताउनुभयो ।

उहाँले कांग्रेस हिजोको जस्तो छैन नयाँ ट्र्याकमा गइसकेको बताउँदै उहाँले मतदाताले पार्टीमा जनता र मतदाताले देखेको फोहोर फाल्नुपर्ने बताउनुभयो ।

पार्टीलाई विश्वास नगरेका दश लाख मतदाताको मन फर्काउन उनीहरूले देखेको फोहोर फाल्न तयार हुनुपर्ने बताउनुभयो । 

भोलिसम्म चल्ने कार्यक्रममा प्रदेश, क्षेत्र, स्थानीय तहमा पार्टीबाट पुगेका नेताहरूको सहभागिता रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button