तपाईँ सुन्दै हुनुहुन्छः

इनरुवामा निःशुल्क स्वास्थ्य शिविर, २०० बढी लाभान्वित

सुनसरी । समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोष भृकुटी मण्डपद्वारा सुनसरीको इनरुवा नगरपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । 

समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोष भृकुटीमण्डप, काठमाडौँको आयोजना, प्राइम हस्पिटल प्रालि विराटनगरको प्राविधिक सहयोग  तथा इनरुवा  नगरपालिका ५ को समन्वयमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको हो ।

निःशुल्क स्वास्थ्य जाँच शिविरमा २०० भन्दा बढीलाई सेवा दिएको आयोजकले जनाएको छ । कोषका सदस्य सचिव मेघराज न्यौपानेले आफूहरूले विपन्न, गरिब, सुकुम्बासी सहितलाई ध्यानमा राखेर इनरुवा  नगरपालिका ५ नम्बर वडा  कार्यालयको सहकार्यमा स्वास्थ्य शिविर गरेको बताउनुभयो ।

कोषको सहयोगमा इनरुवामा  पहिलोपटक आयोजना गरेको शिविरमा २  सय जना बढीले स्वास्थ्य जाँच र परीक्षण गरेको न्यौपानेले जानकारी दिनुभयो । 

शिविरमा निःशुल्क बिरामी जाँच, ईसिजि, सुगर, प्रेसरसहित निःशुल्क ओषधी वितरण, ई.सी.जी, भिडियो एक्स–रे सहितको सेवा दिएको न्यौपानेले जानकारी दिनुभयो । 

शिविरमा स्वास्थ्य जाँच तथा सेवासँगै निःशुल्क आवश्यक औषधी समेत वितरण गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button