तपाईँ सुन्दै हुनुहुन्छः

‘पर्यटन प्रवर्द्धन गर्न नागरिकको ठूलो भूमिका’

बैतडी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले जल, जमिन र जङ्गलको धनी सुदूरपश्चिमवासी निकै भाग्यमानी भएको बताउनुभएको छ ।

स्थानीय तहको पुनर्संरचना सम्बन्धी राय सुझाव सङ्कलन गर्न बैतडी आइपुग्नुभएका प्रदेश प्रमुख मियाले सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्न नागरिकको ठूलो भूमिका रहने बताउनुभयो ।

पुराना पुस्ताबाट ज्ञान र अनुभव सिकेर नयाँ पुस्ताले वर्तमान समय अनुसार अगाडी बढेमा सुशासन कायम भई सङ्घीयता फस्टाउने बताउनुभयो ।

पाटन नगरपालिकाका प्रमुख गौरी सिंह रावलको अध्यक्षतामा सम्पन्न अन्तक्र्रियामा विभिन्न पेशा र व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button