तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा ईभी हाइस दुर्घटना, ६ जना घाइते

डाेटी। डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिक भिमदत्त राजमार्गमा ईभी हाइस दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन्।

प्रहरीका अनुसार आज बुधबार बिहान ७:४० बजेकाे समयमा धनगढीबाट डोटी आउँदै गरेको सु.प.प्र. ०२००१ ख १५१० नम्बरको ईभी हाइस सडकको दाहिने साइडको वालमा ठोक्किँदा दुर्घटना भएको हो। गाडीमा सवार १६ जना यात्रुमध्ये ६ जना घाइते भएका छन्।

घाइते हुनेमा कैलाली जिल्लाकाे गाेदावरी नगरपालिका वडा न १ का क्रमशः स्थानीय २५ वर्षीय निर्मला जोशी, १४ वर्षीय सपना भण्डारी, ६० वर्षीय जयबहादुर ताम्राकार, ११ वर्षीय शान्ती अवस्थी, ४४ वर्षीय खेमराज भट्टराई र १८ वर्षीय प्रियंका भण्डारी रहेका छन्। उनीहरूमध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि धनगढी पठाइएको छ। दुर्घटनामा गाडीको अगाडिको भाग र चालक साइडमा क्षति पुगेको छ प्रहरीकाे भनाइ छ । 

प्रहरीले कैलाली गाेदावरी नगरपालिका ८ स्याउलेका ३४ चालक वर्षीय गणेश बहादुर बादीलाई  नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button