रोशी खोलामा बाढी : पाँच हाईस फस्यो, उद्धार कार्य जारी

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलामा वर्षाका कारण पानीको बहाव बढ्दा रोशी गाउँपालिका–७ घुमाउने क्षेत्रमा पाँच वटा गाडी फसेका छन्।
उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी उपरीक्षकको कमाण्डमा २५ जना, सशस्त्र प्रहरी बल नेपालबाट २५ जना तथा नेपाली सेनाको सेनानीको नेतृत्वमा १८ जनाको टोली उद्धार सामग्रीसहित खटिएर उद्धार कार्य गरिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण जनाएको छ ।

प्राधिकरणका अनुसार घटनामा करिब ६०–६५ जना यात्रु तथा सवारी साधन हालसम्म सुरक्षित रहेका छन्। यसैबीच खोलामा पानीको बहाव क्रमशः घट्दै गएको जनाइएको छ।
प्राधिकरणले उद्धारमा खटिएका सुरक्षा निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।










प्रतिक्रिया राख्नुहोस्