तपाईँ सुन्दै हुनुहुन्छः

गठबन्धन दलहरुबीच कुनै मतभिन्नता छैन : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले गठबन्धन दलहरुबीच कुनै मतभिन्नता नभएको बताउनुभएको छ ।

उहाँले पत्रकारहरूसँग जनकपुरधाममा कुरा गर्दै सरकारले आफ्नो गतिमा काम अगाडी बढाइरहेको बताउँदै अहिलेको सरकार स्थायी प्रकृतिको भएको दाबी गर्नुभयो ।

उहाँले सरकारको नेतृत्वमा आफू रहेकाले विमतिको कुरा आफूले नसुनेको बताउनुभयो । मुख्यमन्त्री यादवले बाहिर कस्ले के बोल्छ त्यो व्यक्तिगत विषय भएको बताउँदै सरकारमा रहेका गठबन्धन दल तथा मन्त्रीका बीचमा कुनै प्रकारको मतभेद नभएको बताउनुभयो ।

नेपाली काँग्रेस मधेश प्रदेशका सभापति समेत रहनुभएका मुख्यमन्त्री यादवले नेपाली काँग्रेसभित्र कुनै प्रकारको विमति नभएको र केन्द्रीय सभापति गगन थापासँग गतिका साथ सरकार सञ्चालन गर्ने विषयमा छलफल भएको बताउनुभयो ।

एक अर्को प्रश्नको जवाफमा मुख्यमन्त्री यादवले अहिले बजेट कार्यान्वयनको अन्तिम र महत्वपूर्ण चरण रहेको एवं नयाँ बजेटको निर्माण गर्ने समय भएकाले कसैले सरकार परिवर्तनको खेलमा लागेको भए  त्यो प्रदेश तथा सङ्घीयताका का लागि दुर्भाग्य हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button