एकै परिवारका ६ जनाको पाँच दिनपछि सामूहिक अन्त्येष्टि
रुकुम पूर्व । रोल्पाको धार्मिक तथा पर्यटकीय स्थल जलजला जाने क्रममा वैशाख १७ गते भएको जीप दुर्घटनामा ज्यान गुमाएका रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका एकै परिवारका ६ जनाको पाँच दिनपछि सामूहिक अन्त्येष्टि गरिएको छ । विदेशमा रहेका आफन्तहरू आइपुगेपछि सोनोभेरी नदी किनारमा मृतकहरूको सामूहिक अन्त्येष्टि गरिएको हो ।

अन्त्येष्टि गरिएकाहरूमा गोर्ख बहादुर बुढाथोकी, तिलकुमारी बुढाथोकी, युवा बुढाथोकी, दिव्यन बुढाथोकी र सुदीप बुढाथोकी रहेका छन् । एउटै घरबाट लगातार शवयात्रा निस्कँदा टाकुरा गाउँ शोकमग्न बनेको छ ।
बैशाख पूर्णिमाको अवसरमा जलजला दर्शनका लागि जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दुर्घटनामा परेर २० जनाको ज्यान गएको थियो । दुर्घटनामा एक जना समीर कामी मात्रै गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल हुनुभएको थियो ।
दुर्घटनापछि स्थानीयवासीले सडकको अवस्था, सवारी साधनको प्राविधिक परीक्षण र यात्रु सुरक्षामा लापरवाही भएको भन्दै गम्भीर प्रश्न उठाएका छन् ।







प्रतिक्रिया राख्नुहोस्