तपाईँ सुन्दै हुनुहुन्छः

लिग–२ : ओमानविरुद्ध टस हारेर नेपालले पहिला फिल्डिङ गर्ने

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । ओमानका कप्तान जतिन्दर सिंहले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिनुभएको हो ।

नेपालले यस खेलमा एक खेलाडी परिवर्तन गरेको छ । ललित राजवंशीको स्थानमा गुल्शन झा टोलीमा समावेश हुनुभएको छ ।

नेपालले यसअघि युएईलाई पराजित गरेको थियो भने दोस्रो खेलमा युएईले ओमानलाई हराएको थियो । लिग–२ मा तीनै टोलीबीच प्रतिस्पर्धा जारी छ र अंक तालिकाको अवस्था पनि प्रतिस्पर्धात्मक छ ।

नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, सन्दीप लामिछाने, गुल्शन झा र करण केसी रहनुभएको छ ।

नेपाल आजको खेलमा बलिङबाट राम्रो सुरुवात गर्दै ओमानलाई कम स्कोरमा रोक्ने लक्ष्यमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button