तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा पनि हुलाकमार्फत नागरिकको घरदैलोमा राहदानी पुर्‍याउने काम सुरु

'जिल्ला प्रशासन र हुलाकबीच सम्झौता'

बैतडी। बैतडीमा अब राहदानी (पासपोर्ट) सेवा थप सहज भएको छ।

जिल्ला प्रशासन कार्यालय बैतडी र जिल्ला हुलाक कार्यालयबीच भएको सम्झौतापछि सेवाग्राहीले घरमै बसेर पासपोर्ट प्राप्त गर्न सक्ने व्यवस्था लागू गरिएको हो।

सम्झौताअनुसार राहदानी लिन चाहने नागरिकले जिल्ला हुलाक कार्यालयमार्फत आफ्नो घरमै पासपोर्ट बुझ्न सक्नेछन्। विशेषगरी दुर्गम तथा विकट क्षेत्रका नागरिकलाई यस सेवाबाट ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईका अनुसार नागरिकलाई सहज, छरितो र नागरिकमैत्री सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो।

घरमै पासपोर्ट प्राप्त गर्न सेवाग्राहीले अतिरिक्त रूपमा रु५५ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

यसअघि गत चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरेको १०० बुँदे कार्यसूचीको बुँदा नम्बर २७ मा सरकारी सेवा तथा कागजात घरमै पुर्‍याउने नीति समावेश गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button