तपाईँ सुन्दै हुनुहुन्छः

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता I इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ८४ जना घाइते भएको स्थानीय अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

 दुर्घटना पछि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले बेकासीको अस्पतालमा पीडितहरूलाई भेटी समवेदना व्यक्त गर्दै दुखद घटनाको सिग्र अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 

रेल अपरेटर तथा केएआईका अध्यक्ष निर्देशक बबी रेसिडिनले  १४ जनाको मृत्यु भएको पुष्टि गर्नु भएको छ । उहाँका अनुसार मृतकलाई पहिचानका लागि प्रहरी अस्पतालमा लगिएको छ भने  ८४ जना घाइतेहरूले विभिन्न स्वास्थ्य सुविधाहरूमा उपचारका लागि लगिएको छ । 

स्थानीय समय अनुसार बेलुका करिब ८ः५० मा जकार्ता–बेकासी मार्गमा चल्ने लामो दूरीको रेलहरू एक आपसमा ठोक्किँदा दुर्घटना भएको जनाइएको छ ।

रेल अपरेटर र राष्ट्रिय यातायात सुरक्षा समितिले घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button