बीच एसियन गेम्स २०२६ : महिला कबड्डीमा नेपाललाई कांस्य पदक
काठमाडौँ । छैटौँ बीच एसियन गेम्स २०२६ अन्तर्गत महिला कबड्डीको स्वर्ण पदक भारतले जितेको छ । नेपालले महिला कबड्डीमा कांस्य पदक हासिल गर्यो ।
सोमबार छिमेकी प्रतिद्वन्द्वी श्रीलङ्कालाई ४७–३१ ले हराउँदै भारतले लगातार छैटौँ पटक उपलब्धि चुमेको हो ।
बीच एसियन गेम्समा श्रीलङ्काको यो ऐतिहासिक रजत पदक हो । श्रीलङ्काले आइतबार सेमिफाइनलमा नेपाललाई हराएको थियो । सान्या शहरमा श्रीलङ्काले नेपालको चुनौती ४६–२३ ले पन्छाएको थियो ।
समूह विजेताको हैसियतले सेमिफाइनलमा स्थान बनाएको नेपालले चाइनिज ताइपेइलाई ४८–३२ र थाइल्यान्डलाई ४९–३३ ले हराएको थियो । त्यसपछि समूहको अन्तिम खेलमा बङ्गलादेश नेपालसँग ३८–३६ ले निराश बनेको थियो । सेमिफाइनलमा भारतसँग हारेको बङ्गलादेशले पनि कांस्य पदक हासिल गर्यो ।








प्रतिक्रिया राख्नुहोस्