तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासीमा आगलागी, बाह्र घर जले

बर्दघाट । पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरका १२ घर जलेका छन् । त्यसबाट रु. चार करोड बढीको क्षति भएको छ । आगलागी मङ्गलबार दिउँसो भएको हो ।

जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार सबै घर खरानी भएका छन् । घरमा रहेका जिन्सी र नगदसहित रु. चार करोड ४४ लाख ८० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।

यसैबीच, प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले अग्निपीडितलाई राहत सामग्री वितरण गरेका छन् । प्रतिनिधिसभा सदस्य विक्रम खनालले पनि पीडितहरुलाई राहत सामग्री उपलब्ध गराउन आफू क्रियाशील रहेको राससलाई बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button