तपाईँ सुन्दै हुनुहुन्छः

इलाम गोल्डकप : फिदिमलाई हराउँदै रोलिङ सेमिफाइनल प्रवेश

इलाम । रोलिङ क्लब धुलाबारी झापा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

रेड हर्ष फुटबल क्लबद्वारा आयोजित आइतबार भएको खेलमा  पाँचथर स्पोर्टिङ क्लबलाई ३–० ले पराजित गर्दै रोलिङ सेमिफाइनल प्रवेश गरेको हो । 

रोलिङको जीतमा खेलको २४ औँ मिनेटमा प्रताप राईले पहिलो गोल गरेका थिए भने २६ औँ मिनेटमा दोस्रो गोल कप्तान निरज कार्कीले गोल गरेका थिए ।

इलामको ठुलो टुँडिखेलमा सञ्चालन भएको प्रतियोगितामा रोलिङका लागि खेलको ४६ औँ मिनेटमा अरुण मेचेले तेस्रो गोल गरी फराकिलो अन्तर बनाएका थिए । खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बन्यो । दोस्रो हाफमा रोलिङले फिदिमलाई निकै दबाबमा राखेको थियो । आजको ‘प्लेयर अफ द म्याच’रोलिङका प्रताप सिंह राई बने उनले नगद पाँच हजार प्राप्त गरे ।

बैशाख १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख प्राप्त गर्नेछन् । भोलिको खेल ए डिभिजन टोली  मच्छिन्द्र फुटबल क्लब र पाहुना टोली एन पेनाङ फुटबल क्लब मलेसिया बीच प्रतिस्पर्धा हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button