बैतडीमा ट्रयाक्टर दुर्घटनामा परी एकको मृत्यु

बैतडी । बैतडीमा ट्रयाक्टर दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–८ बाट बझाङको देउलेखतर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ००१ त १३८४ नम्बरको ट्रयाक्टर सिगास–८ को सानीगाड खोलामा आइतबार बिहान करिब १० बजेको समयमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिगास–८ लुपुणका २५ वर्षीय लोकेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
ट्रयाक्टर चालक फरार रहेका छन् । उनको परिचय खुलेको छैन । ट्रयाक्टरमा चालकसहित दुई जना मात्रै सवार रहेका थिए । ट्रयाक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।








प्रतिक्रिया राख्नुहोस्