तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा परी पाँच जना घाइते

बैतडी । बैतडीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । 

जिल्लाको श्रीभावरदेखि पुर्चौडीतर्फ जाँदै गरेको, पुर्चाैडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ०१३ प ४२४६  नम्बरको मोटरसाइकल र पुर्चाैडीबाट ढोल्यामोडतर्फ आउँदै गरेको सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारले चलाएको से ५ प ४७१७ को मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकसहित पाँच जना घाइते भएका हुन् । 

मोटरसाइकलका पछाडि सवार पुर्चाैडी नगरपालिका–५ हिक्मत कुँवर, श्रीभावरदेखि पुर्चाैडीतर्फ गइरहेको मोटरसाइकलमा सवार सिगास गाउँपालिका–९का ३४ वर्षीय जय बहादुर चन्द र सोही मोटरसाइकलमा सवार सिगास गाउँपालिका– ९ का २६ वर्षीय  केशव बहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।  

गम्भीर घाइते भएका मोटरसाइकल चालक जनक लुहारलाई प्राथमिक स्वास्थ्य केन्द्र देउलेकमा पठाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button