तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–लिथुआनिया सम्बन्ध सुदृढीकरणबारे छलफल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालसँग आज नेपालका लागि लिथुआनियाका गैरआवासीय राजदूत डायना मिकेविचिएनेले परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–लिथुआनिया सम्बन्धलाई अझ सुदृढ बनाउने तथा सहकार्यका नयाँ क्षेत्र पहिचान एवं सहयोग विस्तारबारे छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।

सन् २००५ डिसेम्बर ३० मा नेपाल र लिथुआनियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुवै देशले अन्तरराष्ट्रिय मञ्चहरूमा सहकार्य गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button