तपाईँ सुन्दै हुनुहुन्छः

साउदी र युएईसँग सहकार्य विस्तारबारे छलफल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) का राजदूतले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयलका अनुसार दुवै देशका राजदूतहरूले मन्त्री खनाललाई बुधबार उहाँको कार्यकक्षमा भेट गर्नुभएको हो ।

साउदी राजदूत फहद मोहम्मद ए. मनिख्रसँगको भेटमा दुई देशबीचको सहकार्यलाई अझ विस्तार गर्ने तथा नेपालको सामाजिक–आर्थिक विकासका विभिन्न क्षेत्रमा साउदी लगानी आकर्षित गर्ने विषयमा छलफल भएकोे थियो ।

त्यसैगरी, युएईका राजदूत अब्दुल्ला अल शाम्सीसँगको भेटमा नेपाल–यूएईबीचको दीर्घकालीन सम्बन्ध सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो ।

उहाँहरूबीच आर्थिक साझेदारी अभिवृद्धि, नयाँ सहकार्यका क्षेत्र पहिचान गर्ने तथा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा सहयोग बढाउने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button