उद्योग–व्यवसायमा श्रम कानुन पालना कमजोर, सुधार गर्न विभागको निर्देशन
काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले उद्योग तथा व्यवसाय क्षेत्रमा श्रम कानुनको पालना कमजोर रहेको पाइएको जनाएको छ।
विभागले २०८२ वैशाख ३ गतेसम्म २९ वटा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको अनुगमन गरेको र अनुगमनका क्रममा न्यूनतम पारिश्रमिक कार्यान्वयन, श्रम अडिट, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा व्यावसायिक सुरक्षा र स्वास्थ्य सम्बन्धी मापदण्ड पालनामा कमजोरी देखिएको एक विज्ञप्तिमार्फत जनाएको छ ।
विभागका अनुसार केही प्रतिष्ठानले श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ अनुसारका प्रावधान समेत पूर्ण रूपमा कार्यान्वयन गरेका छैनन्।
विभागले अनुगमनका क्रममा देखिएका कमजोरी सुधार गर्न सम्बन्धित प्रतिष्ठानलाई निर्देशन दिइएको पनि जनाएको छ। साथै श्रमिकको अधिकार सुनिश्चित गर्न आगामी दिनमा अनुगमनलाई थप प्रभावकारी बनाइने पनि विभागका प्रवक्ता मणिनाथ गोपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।








प्रतिक्रिया राख्नुहोस्