बाजुरामा सार्वजनिक यातायातमा सिसीटिभी अनिवार्य

बाजुरा I जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाभित्र सञ्चालनमा रहेका सबै सार्वजनिक यातायातका साधनमा अनिवार्य रूपमा सिसीटिभी (CCTV) वा ड्यासक्याम जडान गर्न निर्देशन दिएको छ।
प्रशासन कार्यालय बाजुरा द्वारा जारी गरिएको सूचनामार्फत वैशाख ५ गतेभित्र उक्त व्यवस्था लागू गर्न आग्रह गरिएको ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्ले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची अन्तर्गत सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथाम तथा यात्रुको सुरक्षा सुदृढ गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो। प्रजिअ निरौलाले सूचना मार्फत उक्त व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ।
यससँगै प्रशासनले सार्वजनिक सवारी साधनमा यात्रुले सजिलै देख्ने स्थानमा अनिवार्य रूपमा भाडादर टाँस गर्न निर्देशन दिएको छ। साथै चालक र सह–चालकले यात्रा अवधिभर तोकिएको पोशाक र परिचयपत्र लगाउनुपर्ने व्यवस्था समेत लागू गरिएको छ।
यस्तै, सवारी साधनमा जिपिएस ट्र्याकिङ प्रणाली अनिवार्य रूपमा जडान गर्न समेत प्रशासनले निर्देशन दिएको छ। प्रशासनको यो कदमले यात्रुको सुरक्षा मजबुत बनाउनुका साथै सार्वजनिक यातायात व्यवस्थापनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।









प्रतिक्रिया राख्नुहोस्