तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपाको संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल बैठक आज बस्दैछ ।

रास्वपाको संसदीय दलको बैठक आज सिंहदबारस्थित संसदीय दल कार्यालयमा मध्याह्न १२: १५ बजे बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो।

महामन्त्री बुर्लाकोटीकाअनुसार संसदीय समितिका सभापतिहरू चयनको विषयमा छलफल हुन बैठक बोलाइएको छ ।

प्रतिनिधि सभाअन्तर्गतका विषयगत १० समितिका सभापतिको निर्वाचन बैशाख ४ गते शुक्रबार हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button