आगलागीबाट १ करोड बराबरको क्षति
बागलुङ । बागलुङको गलकोट नगरपालिका–७ मल्मको बामियामा आगलागी बाट १ करोड बराबरको क्षति भएको छ ।
स्थानीय टिकाबहादुर खड्काको घरमा आइतबार अपराह्न अचानक आगलागी हुँदा दुई घर एक गोठ जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।
आगलागीबाट मानवीय र पशुचौपायामा क्षति नभए पनि दुई घर र एक गोठ सहित अन्नपात, लत्ताकपडा, भाडावर्तन र नगद जल्दा एक करोडभन्दा बढीको क्षति भएको वडा सदस्य नर बहादुर पुन मगरले बताउनुभयो ।
विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट घर जलेर नष्ट भएपछि टिकाबहादुरको परिवार आफन्तको घरमा बसेको छ । रातको समयमा लागेको आगो स्थानीयवासीको प्रयासमा नियन्त्रणमा लिइएको मगरले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्