तपाईँ सुन्दै हुनुहुन्छः

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ I स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला रु २०० र चाँदी रु १५ ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९७५ कायम भएको छ । 

 गत शुक्रवार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ९६० कायम भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १५० र त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button