तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि दोस्रो पटक गुल्मीलाई

दाङ । दाङमा जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गुल्मीले हात पारेको छ । प्रतिस्पर्धी नवलपरासीलाई ३–० को सोझो सेटमा पराजित गर्दै गुल्मीले दोस्रो पटक मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको हो । गुल्मीले नवलपरासीलाई पहिलो सेटमा २५–१५, दोस्रो सेटमा २५–१३ र तेस्रो सेटमा २५–१५ ले हराएको हो ।

उपाधिसँगै गुल्मीले नगद १ लाख, ट्रफि र मेडल हात पारेको छ भने दोस्रो स्थानमा चित्त बुझाएको नवलपरासीले नगद ६५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ । लुम्बिनी प्रदेशका १२ जिल्ला सहभागी प्रतियोगितामा रुपन्देही तेस्रो र प्युठान चौथो भए ।

रुपन्देहीले प्युठानलाई ३–१ को सेटमा हराउँदै तेस्रो स्थान कायम गरेको हो भने प्युठान चौथो भएको हो । तेस्रो भएको रुपन्देहीले नगद ३५ हजार र चौथो भएको प्युठानले १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button